सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरा गाउँपालिका वडा नं.२ मा प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न


कार्यक्रमले वडा कार्यालयको कामकारबाहीप्रति पारदर्शिता बढाउने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा

नेपालगन्ज, खजुरा गाउँपालिका वडा नं. २ ले आफ्नो प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयबाट प्रदान गरिँदै आएका सेवा–सुविधाको प्रभावकारिता तथा विकास निर्माणको गुणस्तरको समीक्षा गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।


कार्यक्रममा वडा अध्यक्ष धनराम ओली क्षेत्रीले आर्थिक वर्षको प्रथम चौमासिकमा वडा कार्यालयको कूल आम्दानी १० लाख ६० हजार रुपैयाँ रहेको जानकारी दिए । उनका अनुसार सो अवधिमा ६७ जनाको जन्म दर्ता, १६ वटा बसाइँसराइ दर्ता, ३ वटा मृत्यु दर्ता, ३ वटा सम्बन्ध विच्छेद तथा ९ वटा विवाह दर्ता गरिएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीहरूले वडा कार्यालयबाट प्राप्त सेवासम्बन्धी अनुभव, सुझाव तथा गुनासाहरू राखेका थिए भने वडा पदाधिकारीहरूले उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।


प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण उत्पीडित सामुदायिक विकास केन्द्र (ओसीडिसी) बाँकेले गरेको थियो । कार्यक्रममा १२५ जना स्थानीयवासीको सहभागिता रहेको थियो ।
कार्यक्रमले वडा कार्यालयको कामकारबाहीप्रति पारदर्शिता बढाउने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »