राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनको सहिदका परिवारलाई भेटेका छन्।
शनिबार चितवनबाट काठमाडौं आइपुगेका लामिछाने विमानस्थलबाट सिधै बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर सहिदका परिवारलाई भेटेका हुन्।
सहिदका परिवारसँग कुराकानीको क्रममा लामिछाने भावुक बनेका थिए।
लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा बिहीबार धरौटीमा रिहा भएका थिए।
उनी नख्खु कारागारबाट शुक्रबार भैरहवास्थित जिल्ला अदालत पुगेर धरौटीबापतको ३ करोड ७४ लाख रूपैयाँ बुझाएर रिहा भएका थिए।
लगत्तै चितवन फर्किएका उनी शनिबार चौबिसकोठीमा आयोजित सभालाई सम्बोधन गरी आजै काठमाडौं फर्किएका हुन्।








