सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग आज छलफल गर्ने भएकी छन् ।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न लागेका हुन् । छलफल अपराह्न ४ बजे हुने बताइएको छ ।

छलफल निर्वाचन केन्द्रित हुने बताइएको छ । यसअघि शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »