सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ज्योति डिस्टिलरीमा विष्फोट : मृतक र घाइतेको पहिचान खुल्यो (अपडेट)

काठमाडौं ।  कटहरिया नगरपालिका–९, डुमरियास्थित ज्योति डिस्टिलरी प्रालिमा शनिबार बिहान बोइलर मेसिन विष्फोटमा परी मृत्यु भएका एक र घाइते भएका ६ जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार उद्योगमा कार्यरत ५१ वर्ष जगदीश यादव, ५५ वर्षको बिगन यादव र ४० वर्षको मुकेश यादव घाइते छन् ।

उनीहरूको हातखुट्टा जलेको र अवस्था चिन्ताजनक रहेको छ । विस्फोटबाट ४५ वर्षको रहमोद आलम, ३५ वर्षको प्रमजित यादव र ४० वर्षको कैलाश माली मध्यम घाइते भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी वरिष्ठ नायब निरीक्षक धर्मेन्द्र पौडेलले जानकारी दिए ।

घटनास्थलमा मृत्यु हुनेको नाम लक्ष्मण राय यादव वर्ष ४५ का रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरिया, गरुडा र लक्ष्मिनिया विजयपुरबाट प्रहरी टोली खटाएर घाइते उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

विष्फोटले उद्योगको भौतिक संरचनामा पूर्ण क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »