सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुलिसलाई सोझो सेटमा हराउँदै महिलातर्फ न्यु डायमन्ड च्याम्पियन

काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै न्यु डायमन्ड च्याम्पियन बनेको हो ।

पुलिसविरुद्ध न्यु डायमन्ड २५-१८, २५-१९ र २५-१८ को सेटमा विजयी भएको हो । न्यु डायमन्ड अपराजित रहेर च्याम्पियन बन्यो ।

फाइनलअघिसम्म अपराजित रहेको पुलिस भने फाइनलमा चुक्यो ।

भर्खरै

सम्बन्धित खबर

Language »