सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बुढीगंगा नगरपालिकाका पूर्व मेयरसहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाजुरा बुढीगंगा नगरपालिकाका तत्कालीन मेयरसहित १४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।

बुढीगंगा नगरपालिकाका तत्कालीन मेयर दीपकविक्रम शाहसहित १४ जनाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनीहरूले नगरपालिकाको भवन निर्माण ठेक्कामा भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

उनका अनुसार मेयरसहित तत्कालीन प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, नरेन्द्र नाथ, इन्जिनियर पारस खाती, सबइन्जिनियर गणेशराज रेग्मी, भिमराज गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री विरूद्ध मुद्दा चलाइएको हो।

त्यस्तै, शिक्षा अधिकृत  जयराज न्यौपाने, नायब प्राविधिक सहायक सिद्धराज जैसी, प्रशासन सहायक बसन्तबहादुर थापा, जाग्रिति/एम.के/नेपाल जेभी सञ्चालक पुष्कर रोकाया र सुरतबहादुर शाहविरूद्ध मुद्दा चलाइएको हो।

उनीहरूविरूद्ध अख्तियारले जनही ३ करोड २७ लाख ७८ हजार १७७ रूपैयाँ बिगो कायम गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »