सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चुनावकेन्द्रित यस्ता समिति गठन गर्न कांग्रेसको परिपत्र

नेपाली कांग्रेसले चुनावकेन्द्रित विभिन्न समितिहरू गठन गर्न पार्टीका प्रदेश, जिल्ला र क्षेत्रीय १६५ वटै कार्यसमितिहरूलाई परिपत्र गरेको छ।

केन्द्रीय निर्वाचन परिचालन समिति संयोजकसमेत रहेका उपसभापति विश्वप्रकाश शर्माले आज पार्टीका विभिन्न निकायहरूलाई चुनावी समिति गठन गर्न परिपत्र गरेका हुन्।

चुनावकेन्द्रित अभियान व्यवस्थित बनाउन समितिहरू र विभिन्न संरचना सबै तहमा तत्काल गठन गर्न पनि उनले परिपत्रमार्फत् आग्रह गरेका छन्।

निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचारप्रसार मूल समिति,  स्थानीय तह समन्वय समिति, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक संघसंस्था समन्वय समिति, धार्मिक संघसंस्था समन्वय समिति, निजी क्षेत्र समन्वय समिति, १८ देखि ३० वर्षका नवयुवालाई परिचालन गर्न विशेष अभियान, पूर्वआप्रवासी समन्वय समिति, स्थानीय प्रशासन समन्वय समिति र अनुगमन समिति गठन गर्न कांग्रेसले परिपत्र गरेको छ।

फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुँदैछ। कांग्रेसले १६५ क्षेत्रमै आफ्ना उम्मेदवार उठाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »