सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

३ लाख १८ हजार ८०० पुग्यो सुनको मूल्य, एकै दिन बढ्यो तोलामा साढे ९ हजार

नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य बढेको छ। 

लगातार बढिरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि मंगलबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।

उक्त दिन सुन प्रतितोला तीन लाख नौ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँ पुगेको छ।

यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला नौ हजार पाँच सय रूपैयाँ महँगो हो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

मंगलबार तोलामा ६ हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार सात हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय ३० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार दुई सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »