सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

६ महिनामा वीरगन्ज नाकाबाट चार खर्ब ३८ अर्बको सामान आयात

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा वीरगन्ज हुँदै चार खर्ब ३८ अर्ब २१ करोड मूल्य रुपैयाँको वस्तु तथा सामान आयात भएको छ ।

यो गत आवको ६ महिनाको १५.३० प्रतिशतले बढी आयात भएको हो । गत आवको सोही अवधिमा तीन खर्ब ८० अर्ब ६ करोड मूल्यबराबरका वस्तु तथा सामान भित्रिएको थियो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले समीक्षा अवधिमा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए ।

यस अवधिमा ९० अर्ब ६ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ भने ३९ अर्ब तीन करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् ।

यस्तै, ३० अर्ब एक करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात हुँदा २७ अर्ब ७२ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।

सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै १९ अर्ब चार करोड मूल्य पर्ने कपडा आयात भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »