सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके–२ मा चुनावी अभियान तीव्र, नेपालगञ्ज महानगरपालिका वडा नं. २० मा निर्वाचन सम्पर्क कार्यालय स्थापना


नेपालगञ्ज, बाँके – आगामी निर्वाचनको तयारीलाई थप सुदृढ बनाउँदै नेपाली कम्युनिष्ट पार्टीले बाँके निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत नेपालगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ।


वडा नम्बर १९ मा कार्यालय सञ्चालनमा ल्याएको केही समयमै वडा नम्बर २० मा समेत सम्पर्क कार्यालय उद्घाटन गरिएको हो। यससँगै पार्टीको चुनावी गतिविधि वडा र टोल तहसम्म विस्तार हुँदै गएको संकेत देखिएको छ।
सम्पर्क कार्यालय स्थापनापछि वडा नम्बर २० मा पार्टीको प्रचार–प्रसार, कार्यकर्ता भेला तथा घरदैलो अभियान यहीँबाट सञ्चालन गरिने पार्टीले जनाएको छ। उद्घाटन कार्यक्रममा नेताहरूले मतदातासमक्ष पार्टीका नीति, कार्यक्रम र एजेन्डा प्रभावकारी रूपमा पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिएका थिए।
कार्यक्रममा स्थानीय बासिन्दा तथा पार्टी समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो, जसले चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »