नेपालगन्ज , बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का विभिन्न टोल–बस्तीमा पुगेर स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षाहरू सुन्नुभएको थियो।

टोल–टोलमा पुगेर घरआँगनमै संवाद गर्दै उम्मेदवार बिष्टले सडक, खानेपानी, सरसफाइ, रोजगारी र युवा सहभागिताका विषयमा मतदातासँग खुलेर छलफल गर्नुभयो। स्थानीयले राखेका गुनासा र सुझावलाई ध्यानपूर्वक सुन्दै उहाँले ती विषयहरूलाई आगामी दिनमा नीति र कार्यक्रममार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।भेटघाटका क्रममा बिष्टले यसपटक परिवर्तन र जिम्मेवार नेतृत्वका लागि आफूलाई अवसर दिन आग्रह गर्दै आफ्नो चुनाव चिन्ह ‘तारा’ मा मतदान गर्न मतदातासमक्ष अपिल गर्नुभयो। उहाँले विकास भाषणमा मात्र सीमित नहुने र जनतासँगै बसेर समाधान खोज्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो।
नेपालगन्ज–१८ का विभिन्न बस्तीमा भएको यस भेटघाट र अनुगमनले स्थानीय स्तरमा चुनावी माहोल थप सक्रिय बनेको छ। प्रत्यक्ष संवाद र जनमुखी शैलीका कारण उम्मेदवार बिष्टप्रति मतदाताको चासो र भरोसा बढ्दै गएको टोलबासीहरूको भनाइ छ।







