सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके क्षेत्र नं. २ का उम्मेदवार दिपेन्द्र बिष्टलाई जिताउन मजदुरहरू एकजुट: नेपालगन्जमा प्रशिक्षण सम्पन्न


​नेपालगन्ज, अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) निर्वाचन क्षेत्र नं. २, बाँकेको आयोजनामा आज नेपालगन्जमा एक विशेष भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले आगामी निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार दिपेन्द्र बिष्टलाई जिताउन सम्पूर्ण श्रमिक शक्ति परिचालन गर्ने घोषणा गरेको छ।


​भेलाले उम्मेदवार दिपेन्द्र बिष्टका पक्षमा माहोल बनाउन प्रत्येक औद्योगिक प्रतिष्ठान, यातायात क्षेत्र र मजदुर बस्तीहरूमा ‘निर्वाचन परिचालन टोली’ गठन गर्ने निर्णय गरेको छ।
​ कार्यक्रममा उपस्थित उम्मेदवार दिपेन्द्र बिष्टले मजदुरहरूको हक-हित र श्रम अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले श्रमिकका समस्याहरूलाई संसदसम्म पुर्‍याउन र कार्यान्वयन गराउन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभयो।
सहभागी मजदुर नेताहरूले “हाम्रो अधिकार सुरक्षित गर्ने उम्मेदवार दिपेन्द्र बिष्ट” भन्दै क्षेत्र नं. २ मा संगठनको सम्पूर्ण शक्ति लगाएर बिष्टको पक्षमा मतदान गराउने संकल्प गरेका छन्।


​कार्यक्रममा मजदुरहरूलाई निर्वाचनमा आफ्नो मतको महत्त्व बुझाउनुका साथै श्रम ऐन र सामाजिक सुरक्षाका मुद्दाहरूलाई चुनावी एजेन्डा कसरी बनाउने भन्नेबारे प्रशिक्षण दिइएको थियो। उम्मेदवार बिष्टले श्रमिकहरूसँगको प्रत्यक्ष संवादमा कार्यस्थलमा भोग्नुपरेका विभेद र ज्यालाको समस्या समाधान गर्ने आश्वासन दिनुभएको थियो।
​महासंघका जिल्ला तथा क्षेत्रीय नेताहरूले बाँके क्षेत्र नं. २ को विकास र श्रमिकको सम्मानका लागि दिपेन्द्र बिष्ट एक योग्य र जुझारु नेतृत्व भएको चर्चा गर्नुभयो। भेलाले आगामी केही हप्ता घरदैलो र मजदुर भेटघाटलाई तीब्रता दिने कार्ययोजना समेत पारित गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »