सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके : ३ मा स्वतन्त्र उम्मेदवार शाहको नेकपा उम्मेदवार जि.एम.लाई समर्थन

बाँके , आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएकी भगवती शाह नेपाली कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवार दिपक जि एम लाई समर्थन गर्नुभएको छ।

मनोनयन दर्ताका क्रममा देखिएका केही प्राविधिक समस्याका कारण स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी कायम रहन नसकेको भन्दै शाहले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएकी हुन्।

उम्मेदवारी दर्ता भए पनि आफू मूलतः नेपाली कम्युनिस्ट पार्टी तथा सो पार्टीका उम्मेदवारको पक्षमा रहेको उनले स्पष्ट पारेकी छन्। प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार नेपाली कम्युनिस्ट पार्टी बाँके निर्वाचन क्षेत्र नं. ३ का युवा, लोकप्रिय तथा स्थानीय उम्मेदवार दीपक जि.एम. लाई आफ्नो पूर्ण समर्थन रहेको शाहले जनाएकी छन्।

उनले दीपक जि.एम.लाई आगामी निर्वाचनमा अत्यधिक बहुमतका साथ विजयी गराउन क्षेत्र नं. ३ का सम्पूर्ण आमा, बुवा, दाजु–भाइ, दिदी–बहिनीहरूमा हार्दिक अपिल गरेकी छन्।

लोकतान्त्रिक मूल्य–मान्यता, जनताको अधिकार र स्थानीय नेतृत्वको पक्षमा उभिने उम्मेदवारलाई समर्थन गर्नु आफ्नो राजनीतिक प्रतिबद्धता भएको उल्लेख गर्दै शाहले मतदातालाई सचेत र एकताबद्ध भएर मतदान गर्न आग्रह गरेकी छन्। प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्दै भगवती शाह, बैजनाथ गाउँपालिका–४, निवासी शाहको समर्थनले दिपक जि एम अझै बलियो भएर प्रस्तुत हुने स्पष्ट भएको छ।

बाँके -३ ले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सहभागितामूलक हुनुपर्नेमा समेत जोड दिदैं नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवार दिपक जि एम लाई शाहले शुभकामना तथा आशिर्वाद प्रदान गर्नुभएको छ। भगवती शाह नेपाली कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »