काठमाडौं । बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ६ सय ५० मिलिग्राम सहित कृष्णपुर नगरपालका-७ कलुवापुर बस्ने २४ वर्षीय भिम रानालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००८ प९७३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रानालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








