काठमाडौं । निर्माण व्यवसायी संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष सागर कटुवाल पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले चैत १७ गते पक्राउ गरेको हो ।
नेपाल निर्माण व्यवसायी संघको १३ औँ अधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बन्ने तयारीमा थिए ।
सीआइबीले सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्का प्रणाली नै ह्याक गरेर ठूला ठेक्का कब्जा गर्दै आएको घटनामा दुई महिनादेखि अनुसन्धान गरिरहेको थियो । यसैक्रममा कटुवालको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको हो ।
कटुवाल अघि चार ठूला ठेक्का ह्याक गरी कब्जा गरेको प्रकरणमा केही निर्माण व्यवसायीलाई पक्राउ गरिसकेको छ ।








