सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यातायात व्यवसायीको आन्दोलनले सुर्खेतमा सार्वजनिक सवारी ठप्प

काठमाडौँ । यातायात व्यवसायीहरूको आन्दोलनका कारण सुर्खेत जिल्लाभर सार्वजनिक सवारी सेवा पूर्ण रूपमा बन्द भएको छ ।

जिल्लाका १३ वटा यातायात प्रालिहरूले संयुक्त रूपमा आन्दोलन गर्दै सेवा ठप्प पारेका हुन् ।

व्यवसायीहरूले प्रहरीले सार्वजनिक सवारीका चालक तथा मजदुरमाथि मात्र कारबाही गरेको र रातो प्लेटका निजी सवारीमाथि कडाइ नगरेको आरोप लगाएका छन् । उनीहरूले पक्षपातपूर्ण व्यवहार तत्काल बन्द गर्न माग गर्दै आन्दोलन गरिएको बताएका छन् ।

सवारी सेवा बन्द हुँदा लामो तथा छोटो दूरीका सबै यातायात प्रभावित भएका छन् । दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई ठूलो सास्ती भएको छ ।

व्यवसायीहरूका अनुसार सम्बन्धित पक्षसँग सहमति नहुँदासम्म आन्दोलन जारी रहनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »