काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ।
सोमबार तोलामा एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ९९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ।
सोमबार प्रतितोला पाँच हजार एक सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार एक सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








