सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ललितपुरको मेनपावरमा छापा, ४३७ वटा पासपोर्ट बरामद

ललितपुरको जावलाखेलमा रहेको मुन म्यानपाावरमा श्रम मन्त्रालयले छापा मारेको छ।

श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि छापा मारिएको हो।

शुक्रबार प्रहरीसहित पुगेको टोलीले उक्त म्यानपावरबाट ४३७ वटा पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद गरेको छ।

नगदको रसिद फेला नपरेको यादवले जानकारी दिए।

प्रधानमन्त्री कार्यालयबाट  खबर आएपछि छापा मारिएको यादवले बताए।

म्यानपावर सिल गरेर कारबाही अघि बढाइने उनले बताए।

मन्त्रालयले कुनै गुनासो भए खबर गर्न पनि भनेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »