काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।
शनिबार धनुषाका विभिन्न नीजि तथा सरकारी अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी (हेल्थ ऐसिस्टेन्ट, अनमी, ल्याब ऐसिस्टेन्ट)ले मन्त्री मेहताविरुद्ध प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘स्वास्थ्यमन्त्री मुर्दावाद’, ‘निशा मेहता राजीनामा दे’, ‘हेपाई होइन अधिकार चाहिन्छ’, ‘बुद्धिहीन स्वास्थ्यमन्त्री निशा मेहता, हाम्रो माग पूरा गर’, ‘स्वास्थ्य क्षेत्रको विभेद बन्द गर’, ‘स्वास्थ्यकर्मीको अपमान बन्द गर’ लगायतका नारा लगाउँदै जनकपुरधामको विभिन्न चोकमा विरोध र्याली निकालेका हुन् ।








