काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चुनौति दिएका छन् ।
पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश सिफारिसमा भएको टिकाटिप्पणीबारे उनले जवाफ दिएका हुन् ।
‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो । कसरी ६/६ जना सिफारिस गरियो ? ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुनेथियो नि संवैधानिक परिषद्को पनि आवश्यकता नै पर्थेन,’ उनले भने, ‘त्यसरी आएकाहरू नामबाट हाम्रो पार्टीका वरिष्ठ नेताले प्रस्ताव गर्नु भयो । परम्परा भत्काइयो भनिएको छ । यदि परम्परा त्यही भइदिएको भए आज भागबन्डाको छलफल चलिरहेको हुन्थ्यो ।’








