सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमाले सचिवालय बैठक आज पनि, अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज (आइतबार) पनि बस्दैछ । बैठक बिहान ११ः३० बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने भएको हो ।

शुक्रबार र शनिबारको बैठकमा पाँच उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र पाँच सचिवले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा बाँकी चार सचिवले धारणा राख्नेछन् । त्यसपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ ।

शुक्रबारदेखि जारी बैठकमा नेताहरूले पार्टीको आगामी कार्यदिशा, चुनावी समीक्षा, नेताहरूको कार्यविभाजन लगायतका विषयमा धारणा राखिरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »