सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिका बाट दाँतको उपचार गर्नका लागि ॐ समाज डेण्टल अस्पतालमा बिरामीको लर्को

काठमाडौं राजन थापा पछिल्लो समय ॐ समाज डेण्टल अस्पताल विदेशी बिरामीहरूको रोजाइको उपचार केन्द्र बन्दै गएको छ। विशेषगरी अमेरिकाबाट दाँतको उपचार गर्न नेपाल आउने बिरामीहरूको संख्या बढ्दै गएपछि अस्पतालप्रतिको विश्वास अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको देखिन्छ।

सेवा, विश्वास र आत्मीय व्यवहारका कारण अहिले अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया लगायत विभिन्न देशबाट बिरामीहरू नेपाल आएर डा. सुवास घिमिरे लाई खोज्दै ॐ समाज डेण्टल अस्पताल पुग्ने गरेका छन्। विदेशमा महँगो उपचार र आत्मीयताको अभाव महसुस गरेका धेरै नेपाली तथा विदेशी नागरिकहरूले नेपालमा आएर उपचारपछि सन्तुष्टि व्यक्त गर्ने गरेका छन्।

अस्पतालका अनुभवी चिकित्सक डा. सुवास घिमिरे बिरामीप्रतिको सरल व्यवहार, स्पष्ट परामर्श र इमान्दार सेवाका कारण धेरैको विश्वास जित्न सफल भएको बताइन्छ। उपचारअघि बिरामीसँग आत्मीय संवाद गर्ने शैली र सेवाभावले अस्पताललाई फरक पहिचान दिलाएको छ।

हाम्रा समाचारदाता अनुसार दन्त सहायक रबिना शर्मा भन्नुहुन्छ, “हामीकहाँ प्रत्येक महिनामा करिब २०/२५ जना विदेशी बिरामीहरू दाँतको उपचारका लागि आउनुहुन्छ। विशेषगरी अमेरिका लगायत विभिन्न देशबाट आउने बिरामीहरूले यहाँको सेवा, आत्मीय व्यवहार र उपचारप्रतिको विश्वासका कारण ॐ समाज डेण्टल अस्पताल रोज्ने गर्नुभएको छ।” ॐ समाज डेण्टल अस्पताल ले केवल व्यवसायिक उपचार सेवा मात्र नभई विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गर्दै सामाजिक सेवामा समेत सक्रिय भूमिका निभाउँदै आएको छ। गरिब, असहाय र विकट क्षेत्रका नागरिकसम्म स्वास्थ्य सेवा पुर्‍याउने अभियानले पनि अस्पतालप्रतिको विश्वास झन् बलियो बनाएको स्थानीयहरू बताउँछन्।

अमेरिकाबाट आएका एक बिरामीले भने, “विदेशमा धेरै पैसा खर्च गर्दा पनि यहाँ जस्तो आत्मीयता र सन्तुष्टि कहिल्यै पाएनौं।” आजको समयमा सेवा भन्दा व्यापार हाबी भइरहेका बेला ॐ समाज डेण्टल अस्पताल ले भने मानवता, विश्वास र सेवाभावलाई प्राथमिकतामा राख्दै नेपाली स्वास्थ्य क्षेत्रमा फरक उदाहरण प्रस्तुत गरिरहेको छ।

नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको सेवा दिन सकिन्छ भन्ने कुरा डा. सुवास घिमिरे र उहाँको टोलीले प्रमाणित गरिरहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »