काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालकहरूसँग हात मिलाउन नपाइने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीमा खटिने ट्राफिक प्रहरी कर्मचारीहरूलाई सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाउन निर्देशन जारी गरेको हो ।
ड्युटीको समयमा हात मिलाउने कार्यलाई पूर्ण रूपमा निषेध गर्दै नमस्कार गर्न सर्कुलर जारी गरिएको छ । ट्राफिक प्रहरीले चेकिङका क्रममा हात मिलाएको दृश्यहरूलाई लिएर सामाजिक सञ्जाल र आम नागरिकबाट विभिन्न गुनासोहरू आएको भन्दै कार्यालयले यस्तो निमय लागु गरेको हो ।
एसपी नरेशराज सुवेदीद्वारा हस्ताक्षरित सर्कुलरमा भनिएको छ, ‘ट्राफिक प्रहरीले चेकिङ तथा अन्य ड्युटीको समयमा सवारी चालक लगायत अन्य सेवाग्राहीहरूसँग हात मिलाएका दृश्यहरूप्रति नागरिक स्तरबाट गुनासो आएकाले अब उप्रान्त हात मिलाउने कार्यलाई पूर्ण रूपमा अस्वीकार गरी टाढैबाट ‘नमस्ते’ मात्र भनेर सम्मान गर्नरगराउन निर्देशन दिइएको छ ।’








