सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–६ सिहपुर निवासी ३१ वर्षीय जनक चौधरी र कृष्णपुर नगरपालिका–४ निवासी ३० वर्षीय देबेन्द्र ओड रहेका छन्।

बिहीबार बिहान इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूको जाँच गर्ने क्रममा १९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लागूऔषध नियन्त्रण तथा ओसारपसार रोकथाम अभियानअन्तर्गत नियमित निगरानीका क्रममा उनीहरू पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »