काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ ।
नेपालीको न्यायका लागि उनका आफन्त, साथीभाइ तथा समर्थकहरूले सडकमा उत्रिएर सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)विरुद्ध प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को राजीनामा माग गरेका छन् । उनीहरुले ‘नेपाल प्रहरी मुर्दावाद, हत्या गर्न पाइँदैन’, ‘हाम्रो माग पूरा गर’, ‘दोषीलाई कारबाही गर’, ‘बालेन तेरो पाराले दुःख पायो साराले’, ‘गँजेडी सरकार मुर्दावाद’ लगायतका नाराहरु लगाएका छन् ।
अहिले यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।








