सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ।

सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा आध्यात्मिक चेतनाको संरक्षण र प्रवद्र्धनमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँलाई उक्त प्रतिष्ठित अवार्डबाट सम्मान गरिएको हो।

पाथिभरा वनदेवी तथा तेत्तीस कोटी देवी–देवताको दैवी शक्तिप्रति आस्था राख्दै मानव कल्याणका लागि सत्य, धर्म, करुणा, प्रेम, सेवा, सदाचार र मानवीय मूल्यको सन्देश प्रवाह गर्दै आउनुभएकी गुरुमाता श्रेष्ठको योगदानलाई आयोजकले विशेष रूपमा सम्मान गरेको जनाएको छ।

“धर्मो रक्षति रक्षितः” अर्थात् धर्मको रक्षा गर्नेको धर्मले नै रक्षा गर्छ भन्ने सनातन वैदिक आदर्शलाई आत्मसात् गर्दै उहाँले लामो समयदेखि धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको बताइएको छ।

कठिन परिस्थिति र विभिन्न चुनौतीका बीच पनि सत्य, धर्म र समाजहितको पक्षमा निरन्तर उभिँदै आउनुभएकी गुरुमाता श्रेष्ठले आध्यात्मिक चेतना, नैतिक आचरण र सकारात्मक सोचको विकासमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको कार्यक्रममा उल्लेख गरिएको थियो।

उहाँको सम्मानले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली सनातन संस्कृति, आध्यात्मिक परम्परा र मानवीय सेवाको पहिचानलाई थप उजागर गरेको आयोजक पक्षको भनाइ छ।

गुरुमाता श्रेष्ठलाई प्रदान गरिएको एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ व्यक्तिगत सम्मान मात्र नभई धर्म, संस्कृति, मानव सेवा र आध्यात्मिक जागरणका क्षेत्रमा समर्पित व्यक्तित्वको योगदानको सम्मानका रूपमा हेरिएको छ।

सम्मानपछि गुरुमाता श्रेष्ठले आगामी दिनमा पनि मानव कल्याण, धार्मिक तथा सांस्कृतिक संरक्षण र सकारात्मक सामाजिक चेतना अभिवृद्धिका लागि आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।

उहाँको आध्यात्मिक ज्ञान, सेवाभाव र समाजप्रतिको समर्पणले आगामी पुस्तालाई समेत सकारात्मक बाटो देखाउने विश्वास व्यक्त गर्दै आयोजकले गुरुमाता श्रेष्ठको सुस्वास्थ्य, दीर्घायु, आध्यात्मिक ऊर्जा र निरन्तर सेवाको कामना गरेको छ।

एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ बाट सम्मानित गुरुमाता आनन्दी श्रेष्ठको यो सम्मानले धर्म, संस्कार, संस्कृति र मानव सेवाको क्षेत्रमा समर्पित नेपाली व्यक्तित्वको अन्तर्राष्ट्रिय पहिचानलाई थप उचाइ दिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »