सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा

काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेको छ।

लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्टको आह्वानमा १५ वटा डिष्ट्रिक्टबाट बाढी प्रभावितका लागि १ करोड रुपैयाँ राहत सहयोग जुटाउने निर्णयअनुसार डिष्ट्रिक्ट ३२५ आई नेपालको तर्फबाट उक्त रकम संकलन गरी मल्टिपल डिष्ट्रिक्टको खातामा तत्काल जम्मा गरिएको हो। बाढीले घरबार, सम्पत्ति तथा जीविकोपार्जन गुमाएका परिवारको पीडामा साथ दिन लायन्स परिवारले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको डिष्ट्रिक्टले जनाएको छ।

डिष्ट्रिक्ट ३२५ आईका गभर्नर लायन सूर्य केसीले भावुक हुँदै भन्नुभयो, “भोटेकोशीका बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीले भोग्नुपरेको पीडा सम्झँदा हाम्रो मन अत्यन्तै व्यथित भएको छ। विपद्ले घर, सम्पत्ति र आफन्त गुमाएका परिवारको आँसु देखेर हामी मौन बस्न सक्दैनौँ।

आज हामीले गरेको सहयोग रकम सानो हुन सक्छ, तर यसमा लायन्स परिवारको माया, संवेदना र साथको भावना जोडिएको छ। पीडितहरूको दुःखमा हातेमालो गर्नु, उनीहरूको आँसु पुछ्नु र कठिन समयमा आशाको दीप बाल्नु नै हाम्रो मानवीय कर्तव्य हो।

भोटेकोशीका प्रभावित परिवारलाई यो दुःखको घडीमा आफूहरू एक्लो नभएको अनुभूति गराउन सकौँ भन्ने हाम्रो हार्दिक चाहना हो।” डिष्ट्रिक्ट ३२५ आई नेपालले सहयोग रकम जुटाउन साथ दिने सम्पूर्ण लायन्स सदस्य, पदाधिकारी तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेको छ।

“भोटेकोशीका बाढीपीडितको दुःखमा हातेमालो गर्दै राहत अभियानमा जोडिनुहुने लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौँ,” डिष्ट्रिक्टले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »