सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डि मिडिया कम्पनिको प्राबिधिक सहयोगमा बर्दियाको गुलरियामा सूचना र आवाजलाई सशक्त बनाउने प्रयास

बर्दिया । समाजमा भइरहेका घटना, समस्या र सम्भावनालाई सही ढंगले उजागर गर्न सक्षम जनशक्ति आवश्यक रहेको भन्दै गुलरिया नगरपालिका–१० मा डि मिडिया कम्पनिको प्राबिधिक सहयोग तथा गुलरिया नगरपालिका वडा नम्बर १०को आयोजनामा पत्रकारिता तालिम आयोजना गरिएको छ । स्थानीय तहमा सूचना प्रवाहलाई प्रभावकारी बनाउने र नयाँ पुस्तालाई पत्रकारितातर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको तालिमले सहभागीहरूमा नयाँ उत्साह जगाएको छ ।
डि मिडिया कम्पनिका सन्चालक तथा शान्ति नेपाल डटकम र मिसन भण्डाफोरका सम्पादक राकेश कुमार यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख साबित्रा गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विशिष्ठ अतिथिमा गुलरिया नगरपालिका वडा नं.१० का वडाध्यक्ष लक्ष्मी नारायण लोध,वडा नंं ६ का वडाध्यक्ष सुधांशु प्रसाद शर्मा, अतिथिहरुमा वडा नंं १० का वडा सदस्यहरु गीता मल्लाह र कुश्मा देवी कुर्मी जिल्ला सहकारी संघ बर्दियाका सचिव ईन्दिरा सुबेदी रहनु भएको थियो ।
गुलरिया नगरपालिका वडा नं। १० को आयोजनामा २०८३ भदौ १८,१९ र २० गते तालिम सञ्चालन गर्न लागिएको डि मिडिया कम्पनिले जनाएको छ । तालिममा स्थानीयस्तरमा सूचना संकलन, समाचार लेखन तथा सञ्चारसम्बन्धी आधारभूत विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । तालिमको प्रशिक्षकको रुपमा सन्दिप सापकोटा र सरु राना रहने छन् ।

कार्यक्रमको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारिता समाचार लेख्ने माध्यम मात्र नभई समाजका आवाजविहीन नागरिकको आवाज राज्य र सम्बन्धित निकायसम्म र्पुयाउने महत्वपूर्ण जिम्मेवारी भएको बताएका थिए ।

तालिमको अर्को महत्वपूर्ण पक्ष स्थानीय युवाहरूलाई सञ्चार क्षेत्रमा सक्रिय बनाउनु रहेको देखिन्छ । गाउँ–टोलमा भइरहेका विकास निर्माण, सामाजिक समस्या, नागरिकका गुनासा तथा सकारात्मक गतिविधि धेरैपटक सञ्चारमाध्यमसम्म पुग्न नसक्ने अवस्था रहँदै आएको छ । यस्तो अवस्थामा स्थानीय तहबाटै पत्रकारिता र सञ्चारसम्बन्धी सीप विकास गर्नुले सूचना प्रवाहमा नयाँ ढोका खोल्न मद्यत गर्ने आयोजकले दावी गरेको छ ।
कार्यक्रमका वक्ताहरुले समाजमा सही सूचना प्रवाह भएमा नागरिक सचेत बन्न सक्छन् र स्थानीय सरकारलाई पनि आफ्नो कामप्रति थप जिम्मेवार बनाउन सकिने विचार व्यक्त गरेका थिए । वक्ताहरुले पत्रकारिता तालिमलाई एउटा सामान्य कार्यक्रमका रूपमा मात्र नभई स्थानीय लोकतन्त्र, पारदर्शिता र जवाफदेहितासँग जोडिएको अभियानका रूपमा लिनुपर्ने आवश्यकता औलाएका थिए ।
पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने नयाँ पुस्ताका लागि तालिमसँगै तथ्य जाँच, निष्पक्षता, आचारसंहिता र जिम्मेवार समाचार सम्प्रेषणलाई पनि प्राथमिकता दिनुपर्ने विचार कार्यक्रममा व्यक्त भएको थियो । गलत सूचना वा अपुष्ट समाचारले समाजमा भ्रम सिर्जना गर्न सक्ने भएकाले पत्रकारिताको सीपसँगै जिम्मेवारीबोध पनि उत्तिकै आवश्यक रहेको वक्ताहरुको धारणा रहेको थियो ।
डि मिडिया कम्पनिले स्थानीय तहमा हुने यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न सकेमा गाउँ–समाजमा लुकेका समस्या, सम्भावना र नागरिकका वास्तविक आवाज बाहिर ल्याउन सकिने अपेक्षा गरिएको बताएको छ ।
एउटा कापी, एउटा कलम र एउटा सत्य समाचारले पनि समाज परिवर्तनको सुरुवात गर्न सक्छ । गुलरियामा सुरु भएको यो प्रयास त्यसै दिशातर्फको एउटा सानो तर अर्थपूर्ण पाइला बन्न सक्छ भन्ने विस्वास आयोजले व्यक्त गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »