जाजरकोट । बारेकोट गाउँपालिका–४ सार्की टोलका पहिरो पीडित दलवीर सार्कीको मृत्यु भएको छ।
गत असार २५ गते भीषण पहिरामा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएका थिए ।
त्रिपालमा खानबस्न अभाव हुँदा स्वास्थ्यावस्था कमजोर भई उनको मृत्यु भएको वडा सचिव डम्बर पुनले जानकारी दिए ।
आज बिहान मृत्यु भएका सार्की जस्तै त्रिपालमा बसेकालाई खानेकुराको निकै समस्या भएको सचिव पुनले बताए ।
आधारभूत आवश्यकता पूर्ति नभए अन्य क्षति हुन सक्ने उनको जिकिर छ ।