सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यका भित्रिनेहरुको नाकामै कोरोना परीक्षण गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने १० हजार जनाको कोरोना परीक्षण गर्ने भएको छ।

लकडाउन हटेसँग बाहिर जिल्लाबाट उपत्यका भित्रने क्रम तीव्र बनेपछि उपत्यकामा भित्रिनेहरुको नाकामै परीक्षण गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यका छिर्ने मुख्य दुई नाका नागढुंगा र साँगा हुँदै भित्रिने १० हजार जनाको कोरोना परीक्षण गर्न लागिएको बताए।

लकडाउन खुलेसँगै सम्पूर्ण कार्यालय, उद्योगधन्दा, यातायात, पसलहरु खुलेका छन्। त्रिविलगायतका विश्वविद्यालयले रोकिएको परीक्षा सञ्चालन गर्ने मिति नै तोकेर सूचना निकाली सकेका छन्। सोही सन्दर्भमा कोरोना प्रभावित जिल्लाबाट उपत्यका छिर्नेक्रम बढेसँगै नाकामा परीक्षण गर्न लागिएको गौतमले बताए।

घनावस्ती रहेको उपत्यकामा कोरोना संक्रमण फैलिए त्यसलाई नियन्त्रणमा लिन कठिन हुने विज्ञहरुले बताउँदै आएका छन्। शुक्रबारमात्रै काठमाडौंमा १० जनामा संक्रमण देखिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »