सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९ संक्रमित फेला

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार १ सय १६ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ६३ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय ३० जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ३७ हजार ५ सय ७२ पुगेको छ । यसमध्ये काठमाडौमा २० हजार १८, ललितपुरमा ३ हजार ९ सय १६ जना र भक्तपुरमा ३ हजार ६९ जना संक्रमित छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »