काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ५० हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ५० हजार ८०५ जनाको मृत्यु भएको हो ।
त्यस्तै १ करोड ६८ लाख ९३ हजार २९३ जनालाई कोरोन संक्रमण भएको छ ।
१ करोड ४ लाख ५६ हजार ३७१ जना कोरोना संक्रमण मुक्त भएका छन्।
६६ हजार ४९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।