काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।
गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।
गत २४ घण्टामा थप दुई हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ।