खोटाङमा खुकुरी प्रहारबाट १ को मृत्यु, १ जना घाइते

Spread the love

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । आइतबार बिहान पौने ९ बजे खार्ताम्छामा ३६ वर्षीय शुभराज राईले स्थानीय ६५ वर्षीय डिल्लीराज राई र उनकी श्रीमती ६२ वर्षीया सममाया राईलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि हेलिकप्टरद्वारा काठमाडौं पठाउने तयारी हुँदै गर्दा डिल्लीराजको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनागरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमिल्सिनाले बताए । उनका अनुसार अर्का घाइते सममायालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

खुकुरी प्रहार गर्ने शुभराजलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलाय खोटाङले जनाएको छ ।

+ posts

Spread the love

Leave a Reply

Your email address will not be published.

Language »
%d bloggers like this: