सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १० संक्रमितको मृत्यु, मृतकको संख्या ४ सय ७७ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र १ जना महिला रहेका छन् ।

जसमा काठमाडौंकी ५० वर्षीया महिला, ६१ वर्षीय पुरुष र ६२ वर्षीय पुरुष गरी ३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी बाराका २० वर्षीय पुरुष, ललितपुरका ४२ र ७७ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष, अछामका ३४ वर्षीय पुरुष, बर्दियाका ६३ र ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

योसँगै देशभर कुल मृतकको संख्या ४ सय ७७ पुगेको छ । यो मृत्युदर संक्रमितहुनेहरुबाट ० दशमलव ६५ प्रतिशत हो ।

भर्खरै

सम्बन्धित खबर

Language »