दोषीलाई उम्काउन खोजेको भन्दै जाजरकोटमा जनार्दन शर्माको पुत्ला दहन

जाजरकोट। रुकुम घटनाको निष्पक्ष छानबिनको माग गदै जाजरकोटका युवाले आइतवार सदरमुकाममा प्रर्दशन गरेका छन्। गत १० जेठमा रुकुमको सोती घटनामा मारिएका नवराज विक सहितका मृतकका परिवारको न्यायका लागि युवा प्रर्दशनमा उत्रिएका हुन्। प्रदर्शनकारीले पुर्वगृहमन्त्री जनार्दन शर्माको पुत्ला समेत जलाएका छन्।

हत्यारालाई कारवाही गर, घटनाको निष्पक्ष छानबिन गर, घटनालाई तोडमोड गर्न खोज्ने जनार्दन मुर्दावाद, मृतकलाई सहिद घोषणा गर लगायतका नारा लगाउँदै बजार परिक्रम गरेर विरोध गरेका हुन्।

नेपाल विद्यार्थी संघको अगुवाइमा भएको प्रदर्शनमा स्थानीय युवा युवतीले साथ दिएका थिए। लकडाउनको प्रवाह नगरी उनीहरु न्यायको लागि प्रर्दशनमा उत्रिएको बताएका छन्।

घटनालाई राजनीतिक पहुँचका आधारमा पुर्वगृहमन्त्री तथा पश्चिम रुकुमका सांसद शर्माले घटनामा संलग्नलाई जोगाउन खोजेको भन्दै उनको पुत्ला जलाइएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष ललित बस्नेतले बताए।

घटनालाई तोडमोड हुन नदिन वारम्बारको खवरदारी आवश्यक रहेका कारण विरोधमा उत्रिनु परेको बताउँदै उनले घटनाको निष्पक्ष छानबिन हुनु पर्ने, स्थानीयदेखि केन्द्रीय सत्ता सम्मको प्रभाव पर्न नहुने माग गरे।

घटनामा नवराजसहित पाँच जनाको ज्यान गएको छ। भेरी नगरपालिका ११ का गोविन्द्र शाही अझै हराइरहेका छन्। उनको खोजी कार्य भइरहेको छ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »