सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय झण्डा जलाएको भिडियोका गायकसहित ९ जना पक्राउ

काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्न गायक पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो।

उनीसँगै अन्य ६ जना पनि पक्राउ परेका छन्। उक्त म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

उनका अनुसार पक्राउ गर्न अपराध महाशाखा, महानगरिय प्रहरी र सिआईबीको टोली खटिएको थियो।

भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित हालसम्म ९ जनालाई पक्राउ गरिएको ।

युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’ को भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जाति विशेषलाई गाली गरिएको छ । गीतलाई ग्याल्जोम दोर्जे तामाङ ‘मंगोल ग्याल्जी’ले गाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »