नेपालगन्ज। कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको देखिएपछि तीन दिनका लागि कर्फ्यू जारी गरिएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो।
नेपालगन्जमा मात्रै आइतबार एकै दिन एकै चोटि १५ जना संक्रमित भेटिएका थिए । संक्रमणलाई रोक्न सरकारले यहाँ परीक्षणलाई पनि तीव्र बनाउने जनाएको छ ।पहिलो संक्रमित व्यक्तिसँग सम्पर्क भएका ९० जनाको स्वाब संकलन गरेर ६० जनाको परीक्षण गर्दा नेपालगञ्जको एउटै टोलका १५ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको डा. गिरीले बताए । आइतबार संकलन गरिएका स्वाबमध्ये ३० जनाको रिपोर्ट आउन बाँकी छ ।
संक्रमित सबैलाई बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको र अवस्था सामान्य रहेको उनले बताए ।
सोमबार जिल्ला सुरक्षा समिति र सरोकारवालाहरुको बैठकपछि निषेधाज्ञा जारी गरिएको हो । नेपालगन्जमा यसअघि तरकारी मण्डी लगायत पसलहरु फाट्टफुट्ट खुल्ने गरेका थिए । सोमबार भने स्थानीय सरकारले स्थानीयलाई निषेधाज्ञा पालना गर्न अपील गर्दै लिखित सूचना पनि जारी गरिसकेको छ ।
नेपालगन्जमा आइतबार आठ पुरुष र सात महिलामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा पनि समुदाय स्तरमा कोरोना संक्रमण विस्तार भएको विज्ञहरुले बताउन थालेका छन् । यसअघि विदेशबाट आएकाहरुमा मात्रै संक्रमण देखिएकाले समुदाय स्तरमा संक्रमण नफैलिएको बताइएको थियो ।
कर्फ्युको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने प्रजिअ खड्काले बताएका छन्। बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली सोमबार नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यु लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचना :