सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साढे ३३ किलो सुन प्रकरणका आरोपी हरिशरण खड्कालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

विराटनगर/ ३० असार ।
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भएको आरोप लागेका काभ्रे बेथानचोक गाँउपालिकाका हरिशरण खड्कालाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न मोरङ कारागार पठाउने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश मेदिनी प्रसाद पौडेलको १ नं. इजलाशमा मंगलबार भएको थुनछेक बहस पछि काभ्रेका खडकालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको मोरङ जिल्ला अदालतका श्रेष्तेदार इश्वरमणि ओझाले जानकारी दिनुभयो ।

उनको पीसीआर परीक्षण पछि मंगलबार थुनछेक बहस गरिएको थियो । सो प्रकरणमा अझै २५ जना फरार छन् । उनीहरुको पनि रेडकर्नर नोटिस जारी गरिएको छ ।

तस्करीको सुन गायब भएपछि गोरे भनिने चुडामणि उप्रेती समूहले यातना दिएर २०७४ साल फागुन १९ गते सनम शाक्यको हत्या भएपछि सुन तस्करीको घटना सार्वजनिक भएको थियो । उनलाई रेडकर्नर नोटिस जारी भएपछि दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »