सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

६ वर्षीया बालिकासहित थप ९ जना संक्रमितको मृत्यु, मृतकको संख्या १४६ पुग्यो

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ४६ पुगेको छ।

६ वटा जिल्लामा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सुनसरीमा २, पर्सामा ३, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा १/१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष रहेका छन्।

यस्तै, बारामा ५८, सिरहामा ६८, मकवानपुरमा ५६ र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमणको मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको गौतमले बताए। यसअघि नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो संगै कुल संक्रमितको संख्या ३० हजार १ सय १७ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »