सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अब नेपालमा पनि कोरोना खोपको परीक्षण गरिने

काठमाडौं। कोरोना भारइसविरुद्धका खोपको नेपालमा पनि अध्ययन अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रक्रिया अघि बढाएको जनाएको छ ।

परिषद्‍का सदस्य-सचिव डा. प्रदीप ज्ञवालीद्वारा हस्ताक्षरित पत्रअनुसार कोरोना भाइरसविरुद्ध विश्वमा तेस्रो चरणको क्लिनिकल ट्रायलमा रहेका विभिन्‍न खोपहरुको अध्ययन अनुसन्धान गर्न स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा स्वास्थ्य अनुसन्धान परिषदले नेतृत्व लिएको उल्लेख छ ।

चीन, रसिया र यूके अक्सफोर्डको खोप ग्रुपले उत्पादन गरेको खोप नेपालमा तेस्रो क्लिनिकल ट्रायल गर्न उक्त कम्पनीहरु इच्छुक भएको हुँदा प्रक्रिया अगाडि बढाइएको पत्रमा उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »