मंसूर अली इद्रिशी
नेपालगञ्ज, नेपालगञ्जमा भन्सार छली ल्याएको रांगालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके प्रहरीले रागालाई बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।
प्रहरीका अनुसार विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १२ स्थित कोरियनपुरमा भारत बाट अवैध रुपमा भन्सार छलि ल्याएको ४ ओटा रांगा प्रति मुल्य ८० हजार बराबरको वेवारिसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त रांगा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी नेपालगञ्ज भन्सार कार्यालयमा पठाईएको बाँके प्रहरीले जानकारी दिएको छ ।