सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजदेखि उपत्यकामा सबै पसल र व्यापार खोल्न पाइने, सवारीमा जोरबिजोर नै कायम

काठमाडाैं। उपत्यकामा आजदेखि सबै पसल र व्यापार खोल्न पाइने भएको छ । यसअघि तोकिएको बार र समयमा मात्र पसल खोल्न पाउने व्यवस्था आज बाट हटे सँगै सबै पसल र व्यापार खोल्न पाइने भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर यसअघि लगाइएको पसल खोल्ने समय र बार दुवै प्रावधान हटाएको हो । काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई अर्को आदेश नहुँदासम्म खुला गरिएको छ ।

तर उपत्यकामा सार्वजनिक तथा निजी गाडीमा जोरबिजोर प्रणाली भने अर्को व्यवस्था नभएसम्मका लागि कायमै राखिएको छ । यस्तै शिक्षण संस्था सञ्चालन, गोष्ठी, सभा सम्मेलनमा पनि रोक कायमै गरिएको छ ।

यस्तै सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा पनि खोल्न पाइने छैन । भिडभाड हुने बाहेक अन्य व्यवसाय सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय भएको प्रशासनले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »