सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आउँदै बाँके कांग्रेसको क्रियाशील, ७ गते वडा अधिवेशन

नेपालगन्ज , बाँकेको क्रियाशील सदस्यता विवाद कहिले टंगिएला भन्ने प्रश्न जिल्लाका आम काँग्रेसी नेता कार्यकर्ताको छ । २० जिल्लाको सदस्यता विवाद नटुंगिदा कार्यतालिका हेरफेर गरिएकोमा पछिल्लोपटक संशोधित कार्यतालिका पनि प्रभावित हुने देखिएको छ ।


क्रियाशील नटुंगिएर अधिवेशनको आम माहोल बन्न नसक्दा अन्योल कायमै छ । यो वीचमा केही जिल्लाको क्रियाशील टुंगिएपनि डेढ दर्जन जिल्लाको टुंगिन सकेको छैन । बाँकेको क्षेत्र नम्बर १ को विवादले अन्योल बढाएको हो । असोज ५ गते वडा अधिवेशन तोकिएपनि अझै क्रियाशील नटुंगिदा नेता कार्यकर्ता अन्योलमै छन् । अब आज भोलिमा सदस्यता टुंगिएपनि निर्धारित मितिमा वडा अधिवेशन प्रारम्भ हुन प्राविधिक हिसाबले गार्हो छ ।

आज आउँदै बाँके कांग्रेसको क्रियाशील, ७ गते वडा अधिवेशन !


बाँकेको अन्तिम नामावली आज सार्वजनिक हुने बताइएको छ । काठमाण्डौमा रहेका नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेलले बाँकेको क्रियाशील सदस्यता आज टुंगिएर सार्वजनिक हुने आफूहरुले जानकारी पाएको बताए । “आजै सार्वजनिक हुन्छ भनिएको छ, हामीले त्यही अपेक्षा गरेका छौँ, ” उनले भने-“क्रियाशील आज टुंगियो भने अनि अधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ ।”
आज साँझसम्म क्रियाशील सदस्यको टुंगो लागेपनि असोज ५ गते बाँकेमा वडा अधिवेशन हुने सम्भावना कम छ । निर्वाचनको तयारीका लागि समय नपुग्ने भएकाले बाँकेमा संभवत: असोज ७ गते वडा अधिवेशन हुने कांग्रेस नेताहरु बताउँछन् ।

यसले गर्दा जिल्लामा सबै तहका अधिवेशन २/३ दिन पछाडि धकेलिने सम्भावना रहेको नेपाली कांग्रेस नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट बताउँछन् । क्रियाशील नामावली आएपछि ३/४ दिनको तयारी समय राखेर केन्द्रिय निर्वाचन समितिले तोकेकै मितिको सेरोफेरोमा पार्टी पंक्तिसंग छलफल गरेर निर्वाचन कार्यक्रम तय गर्ने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिबक्ता रेवतीरमण भट्टराईले बताए ।

“तयारीका लागि कम्तीमा ३/४ दिनको समय चाहिन्छ, आज भोलिमा नामावली टुंगियो भने ७ गतेसम्म वडा अधिवेशन गर्न सकिन्छ,” उनले भने-“हरेक तहका अधिवेशन २/३ दिन पछाडि सारेर २० गतेसम्म जिल्ला अधिवेशन गर्न सकिन्छ ।” दाङ निवासी भट्टराईले नामावली नटुंगिँदा आफू अझै बाँके आउन नसकेको बताए । “टुंगिने बित्तिकै म नेपालगन्ज आउँछु र निर्वाचन कार्यक्रम अघि बढाउँछु,” उनले भने । ( बागेश्वरी पोस्ट अनलाईनबाट)

भर्खरै

सम्बन्धित खबर

Language »