सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज विभिन्न देशबाट १४ सय ६६ नेपाली स्वदेश फिर्ता

काठमाडौं । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार विभिन्न मुलुकबाट १४६६ जना नेपाली काठमाडौं आएका छन् ।

विभिन्न एयरलाइन्सका एक दर्जन उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।

बिहीबार नेपाल एयरलाइन्सले साउदी अरबको रियादबाट २५९ नेपालीलाई काठमाडौं ल्याएको छ।

त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ जना नेपालीलाई स्वदेश फर्काएको छ ।

नेपाल एयरलाइन्सले दमामबाट १ सय ४४ जनालाई काठमाडौं ल्याएको छ । हिमालयले नै कतारको दोहाबाट १ सय ५७ जनालाई नेपाल ल्याएको छ ।

मालिन्दो एयरले क्वालालाम्पुरबाट १७८ जनालाई काठमाडौं ल्याएको छ ।

एयर अरेवियाले सारजहाबाट १६८ नेपालीलाई घर फर्काएको छ । एयर अरेबियाको दोस्रो उडानबाट बिहीबार नै १ सय ६६ जना यात्रु काठमाडौं आइपुगेका छन् ।

टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सले ७६ जना यात्रु ल्याएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »