सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफैँले पड्काएको बन्दुकले उदयपुरको गाईघाटमा एक जनाकाे मृत्यु

उदयपुर।आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा शुक्रबार राति एक जनाको मृत्यु भएको छ ।

जिल्लाको लिमचुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका ६० वर्षीय विद्याराज राईको शुक्रबार राति आफैँले चलाएको बन्दुकको गोली लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।

राईले आफैँले बन्दुक पड्काएर आत्महत्या गरेको सोही वडा अध्यक्ष केशरकुमार खड्काले बताउनुभयो । राति करिब ८ बजेको समयमा बन्दुक पड्केको आवाज सुनेर भेला भएका स्थानीयहरूले घरको आँगनमै उहाँलाई बन्दूकको गोली लागेर मृत अवस्थामा फेला पारेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

घरमा कोही नभएको समयमा बन्दुक पड्केको स्थानीयले बताएकाले राईले आत्महत्या गरेको हुनसक्ने भन्दै घट्नाबारे जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बन्दुक पड्काएर आत्महत्या गरेको भन्ने खबर पाएको पुष्टि गर्दै प्रहरी टोली घटनास्थलतर्फ पठाएको जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »