सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौँको बौद्धमा सेकुवा जक्सनको ग्रयाण्ड ओपनीङ

काठमाडौँ । काठमाडौँको बौद्धमा नेपाल तामाङ कलाकार संघको संस्थापक अध्यक्ष तथा तामाङ समुदायको सेलो किङकोरुपमा नाम कमाउन सफल गायक तथा वरिष्ठ संगीतकार चन्द्र कुमार दोङको प्रमुख आतित्थ्यतामा सेकुवा जक्सनको ग्रयाण्ड ओपनिङ भएको छ ।

तामाङ समुदायका युवाहरुले पछिल्लो समयमा व्यवसायीक क्षेत्रमा तीव्ररुपमा सफलता हासिल गर्दै अगाडी बढेको छ । त्यसको एक उदाहरण हो युवा व्यवसायी विश्व राज तामाङ, गायक तथा युवा व्यवसायी बेनु लामा, इश्वर राज तामाङ, शुवर्ण तामाङ हो । विशेष गरेर काभ्रेका युवाहरुलाई डनको उपजले चिन्ने गरिन्छ तर यी युवाहरुले त्यो पहिचानलाई परिवर्तन गरी सफल व्यवसायीको रुपमा आफूलाई उभ्याउन सफल भएको छ ।

कार्यक्रममा नेपाल तामाङ कलाकार संघको अध्यक्ष तष्था संगीतकार, गायक विश्व दोङ, विशेष अतिथिकोरुपमा रहेका थिए भने तामाङ समुदायमा महानायकको उपाधी पाउन सफल नायक तथा निर्देशक अमिर दोङ, तामाङ समुदायको पहिलो अवाडेड नायक सन्दिप स्याङतान, नायक तथा मोडल तुल्साङ मोक्तान,नायिका उर्मिला वाईवा, गायिका जीतु लोप्चन लगाएतका कलाकारहरु अतिथिको रुपमा रहेका थिए ।

सेकुवा जक्सनको आज यो ग्रयाण्ड ओपनीङमा तामाङ समुदायका सफल युवा व्यवसायीहरु, शिक्षकहरु, पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा पछिल्लो समयमा नाम कमाउन सफल गायक निमा लामा दोङ, हावा लामा, तामाङ समुदायको पहिलो र्यापर उत्तर लामा (संकुल)को बेजोड प्रस्तुति रहेको थियो ।

विदेशमा १६ घण्टा देखि १८ घण्टासम्म पसिना बगाउनुको साट्टामा नेपालमा नै बसेर पसिना बगाउदा नेपाललाई समृद्घ बनाउन सफल हुन्छ भन्ने उदेश्यले सेकुवा जक्सन संचालन गरेको संचालक टिमको विश्वराज तामाङले बताउनु भएको छ ।

विश्वराज तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल तामाङ पत्रकार संघको भक्तपुरको अध्यक्ष तथा मिसन समृद्घ नेपालको अध्यक्ष सुदिन लामा दोङले ग्रयाण्ड ओपनीङको कार्यक्रम संचालन गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »