सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप १५ सय ३१ जनामा कोरोना पुष्टि

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३१ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार १ सय ७८ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २ सय ५० जना संक्रमित थपिएका छन् ।

यस्तै भक्तपुरमा १ सय ३ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ३० हजार ९ सय २२ पुगेको छ ।

यसमध्ये काठमाडौंमा २४ हजार ६ सय ३८, ललितपुरमा ३ हजार २२ जना र भक्तपुरमा २ हजार ५ सय ९३ जना संक्रमित छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »