सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना पुष्टि

काठमाडौं। काठमाडौं उपत्यकामा आज ६३७ जना संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० जना थपिएका हुन् । मंगलबार ६४७ जना थपिएका थिए । सोमबार ६७४ जना थपिएका थिए ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १५ हजार १५६, भक्तपुरमा १ हजार ६८५ र ललितपुरमा १ हजार ७३३ पुगेको छ ।

यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १८ हजार ५७४ पुगेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ८९३ छ । मंगलबार ८२३ जना निको भएका थिए । सोमबार १ हजार ५ जना निको भएका थिए ।

त्यस्तै, नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार १७२ जना थपिएका छन् । मंगलबार १,३५६ जना थपिएका थिए । सोमबार १,१५४ जना थपिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »