सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कालिकोटको नाग्ममा पहिरो जाँदा एकको मृत्यु, पाँच घर पुरिए, ७ वेपत्ता

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका १ नाग्म बजारमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ । आइतबार बिहन गएको पहिरोमा परी पुरिएको अवस्थामा एकजनाको शव फेला हो।

दुईजना घाइते भने उउद्धार गरी उपचालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए ।

उनका अनुसार कालिकोट र जुम्लाको सीमानामा रहेको नाग्म बजारमा खसेको पहिरोमा पाँच घर पुरिएका छन् । ७ जनाभन्दा बढी स्थानीय वेपत्ता रहेको अनुमान गरिएको छ ।

पहिरो ग्रस्त स्थानमा रहेको प्रहरी चौकी नाग्मका प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाको खोजी कार्य जारी राखेका छन् । जिल्लाबाट इन्स्पेक्टर यक्षराज जोसीको नेतृत्वमा थप प्रहरीको टोली घटनास्थल पठाइएको छ ।

टेलिफोनको समेत सुविधा नरहेको उक्त बजारमा पहिरोबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ। जिल्लाबाट गएको प्रहरीको टोली घटनास्थल पुगेपछि थप विवरण प्राप्त हुनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »